शैल्यशिखरमा प्रशासकीय अधिकृत धामीको स्वागत, फोहोर व्यवस्थापनबारे सर्वपक्षिय छलफल

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएका पुष्करसिंह धामीको स्वागत गरिएको छ । जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी प्रशासकीय अधिकृत धामीको स्वागत गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन पहिले नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका धामीलाई अर्को व्यवस्था नहुदासम्मका लागि शैल्यशिखर नगरपालिकाको प्रशासकीय जिम्मेवारी निर्वाह गर्न पत्राचार गरेको थियो । शैल्यशिखरमा प्रशासकीय अधिकृत धामीको स्वागतसंगै आजै कार्यपालिका बैठकबसी नियमित काम कार्वाहीको समिक्षा समेत गरिएको नगर प्रवक्ता भरतबहादुर खडायतले जानकारी दिनुभयो । कार्यपालिका बैठक एजेण्डासहित पर्सी बस्ने गरी आज सम्पन्न भएको उहाँले बताउनुभयो । यस्तै गोकुलेश्वर बजार क्षेत्रको फोहोर व्यवस्थापनका विषयमा सर्वपक्षिय छलफल आयोजना गरिएको छ ।

नक्तड सामुदायिक बन उपभोक्ता समिति सित पर्सी असोज १६ गते दिउँसो ३ बजे छलफल गर्ने र त्यसपछि डम्पिङ साइडको निर्माण तथा व्यवस्थापन गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । स्वागत कार्यक्रम, छलफल तथा कार्यपालिकामा नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायत जनप्रतिनिधि र कर्मचारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?