दार्चुला । केहि दिन पानी भएकाले तत्काल धान नकाट्न कृषि विकास निर्देशनालय डोटीले आग्रह गरेको छ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्रारा जारी सूचना अनुसार सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्न र काटेको धानवाली भित्र्याउन निर्देशनालयले किसानलाई आग्रह गरेको हो।
आज देखि १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकोले धान नकाट्न निर्देशनालयले आग्रह गरेको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया