एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

दार्चुला । नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । प्रकाश रोकायले चार मत मात्र पाएका छन् ।

निर्वाचित अध्यक्ष शाहले पार्टीभित्र भएको लोकतान्त्रिक विधिमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो ।

अध्यक्षमा पराजित शाहीले भने प्रत्येक प्रतिनिधिलाई आफ्नो नेता छान्ने अधिकार रहेको बताउनुभयो । हार जित स्वभाविक हुने भन्दै उहाँले भन्नुभयो, ‘भविश्यमा पार्टी निर्माणमा ल्याउने योजनामा एकैसाथ अगाडि बढ्नसक्छौं ।’ कुनै मतभेद भए आपसी सम्वादबाट हल गर्ने र पार्टीलाई कर्णालीमा पहिलो बनाउने बताउनुभयो ।

यस्तै उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उहाँले ३४२ मत पाउँदा लालबहादुर महताराले १७६ र दानसिंह परिवारले ५९ मत पाएका छन् । सचिवमा ध्रुवबहादुर शाही ४०६ मतका साथ चुनिए । उहाँका निकटतम प्रतिद्वन्द्वी रूर्दबहादुर शाहीले १६९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?