बाँदरको आक्रमणबाट तीन वटा बाख्रा मरे

दार्चुला । पाल्पामा बाँदरको आक्रमणबाट तीन वटा बाख्रा मरेका छन्। तानसेन नगरपालिका वडा नम्बर ९ दमकडामा खरबारीमा चराउन लगिएका बाख्रालाई बाँदरले आक्रमण गरेको थियो। आक्रमणबाट दुई वटा बाख्रा घाइते भएका छन्।

वडा नंं ९ दमकडा गोठुवामा गोविन्द खराल र भगवती खरालको फार्ममा रहेका बाख्रालाई सोमबार दिउँसो चराउन भन्दै नजिकैको खरबारीमा लगेको समयमा ठूलो बथानसहित आएका बाँदरले आक्रमण गरेका बताइएको छ ।

बाँदरको आक्रमणबाट तीन वटा माउ बाख्रा मरेका छन् भने दुइटा घाइते भएको गोविन्द खरालले बताउनुभयो।

बाँदरको बथानले २५ वटा बाख्राको समूहमा एक्कासि पसेर आक्रमण गरेको खरालले बताउनुभयो।

पछिल्लो समय गाउँघरमा मान्छेका बस्तीहरू रित्तिदै जाँदा बाँदरका बथान भने बढ्दै गएका छन्। ठूलो संख्यामा आउने बाँदरको बथानले पशुपंक्षीलाई मात्र होइन मानिसलाई समेत जिस्काउने र आक्रमणको प्रयास गर्न थालेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?