माओवादी सचिव डिलाराम आचार्य वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था खतरामुक्त

दार्चुला । पक्षघात भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । आचार्यमा मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

‘उहाँमा मुटुसम्बन्धी पुरानो समस्या रहेछ । पक्षघात भएपछि दुवै समस्यालाई डाक्टरले एकसाथ हेरेका छन् । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले औषधिको माध्यमबाट ब्लड प्रेसर नियन्त्रण गर्ने काम भएकाले सन्तुलनमा आएपछि थेरापी प्रक्रियाबाट उपचार गरिनेछ ।’ उहाँलाई सामान्य अवस्थामा फर्किने भने समय लाग्ने पौडेलले बताउनुभयो ।

तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत मङ्गलवार अछामको साँफेबगर पुगेका आचार्यको बुधवार बिहान पक्षघात भएको थियो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई सेनाको हेलिकप्टरमा नेपालगन्जको कोहलपुर ल्याइएको थियो ।

मेडिकल कलेजमा उपचार सम्भव नभएपछि आचार्यलाई काठमाडौँ ल्याएर वीर अस्पताल भर्ना गरिएको माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?