आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने

दार्चुला । मौसममा क्रमिक सुधार आएको छ। मौसममा क्रमिक सुधार आएसँगै बिहीबार बिहानै घाम लागेको छ।

लगातार पानी नपरे पनि हल्कादेखि क्षणिक वर्षाको सम्भावना केहीदिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गोविन्द झा कतै पनि भारी वर्षाको सम्भावना नरहेको बताउनुभयो ।

झाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो।

उनका अनुसार बाँकी भूभागमा सामान्यतया आज मौसम सफा रहनेछ। काठमाडौं उपत्यकामा आज दिउँसो दुई–तीन बजेतिर हल्कादेखि क्षणिक वर्षाको सम्भावना छ।

मौसममा क्रमशः सुधार हुँदै गएपनि पूर्णरूपमा मनसुन बाहिरिन भने अझै पाँच–६ दिन लाग्ने मौसमविद्हरुले बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?