दार्चुला । दार्चुलाको गोकुलेश्वर-बन्तोली-पनेबाँज सडक क्षेत्रको दायाँबायाँ परेका घर टहरा हटाउन शैल्यशिखर नगरपालिकाले अनुरोध गरेको छ । शैल्यशिखर नगरपालिका अन्तरगत निर्माणाधीन गोकुलेश्वर-बन्तोली-पनेबाँज सडकखण्डको वडा नम्बर ८ झरकडा बगौरादेखि वडा नम्बर ७ को बन्तोली भीरसम्म सडक क्षेत्रको मापदण्ड अनुसारको चौडाइ नपुगेको दायाँबायाँ क्षेत्रमा घर टहराहरू १५ दिनभित्र हटाउन हुन सूचना प्रकाशित गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिनुभयो ।

१८ किलोमिटर लम्बाईको गोकुलेश्वर-बन्तोली-पनेबाँज सडकमा ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । वाल लगाउने, ग्रेडिङ मिलाउने काम गरेर अधिकांश क्षेत्रमा ग्राभेलको काम समेत भइसकेको बताइएको छ । अधिकांश क्षेत्रमा कालोपत्रे गर्ने तयारी भइरहेकोले सडकको क्षेत्रमा परेका घर टहरा हटाउन अनुरोध गरिएको शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनुभयो ।

गोकुलेश्वर-बन्तोली-पनेबाँज सडक निर्माण सम्पन्न भइसकेपछि शैल्यशिखरको वडा नम्बर ९ हुदैँ वडा नम्बर ६, ७ र ८ का स्थानीयले सडक सुविधा पाउनेछन् ।

सूचना हेर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?