दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार जिल्लाको नौगाड गाउँपालिकामा वडा नम्बर १ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट लडेर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।
मृतक ठगुन्नाका श्रीमान्, दुई छोरा र दुई छोरी छन्।
दार्चुलाका ग्रामीण क्षेत्रमा खर (घाँस) काट्ने क्रममा वर्षेनि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया