एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन

दार्चुला । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ ।

निर्वाचन कमिटीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान प्रकाशन गरिने र उम्मेदवारको नाम फिर्ता लिन दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन कार्यतालिका अनुसार आजै अन्तिम नामावली प्रकाशन हुने र मतदानको समय साँझ ५ बजेलाई तोकिएको छ ।

प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान उपाध्यक्ष अछामका कमल तिमिल्सिना सहित नेता कृष्णप्रसाद जैसी र कञ्चनपुरका बचन सिंहले आकांक्षा देखाएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?