दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनको लागी मनोनयन दर्ता भइरहेको छ । बिहान १०:३० बजे सम्मको लागि उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको थियो । त्यसपछि ११:३० र अहिले १२:३० सम्म समय थप गरिएको छ ।
अहिले सम्मा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको अन्य पदाधिकारीमा आधा दर्जन बढीले उम्मेदवारी दिएका छन् । अध्यक्षमा अछामका कमल तिमिल्सिना, अछामका कृष्ण प्रसाद जैशी, अछामकै भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने सिंहबाहेक सवै अछामका हुनुहुन्छ ।
यस्तै उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउदले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी सचिवमा रणबहादुर चन्द र राजेश खाती, उपसचिवमा महिलातर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया