एमाले सुदूरपश्चिमका ५ पदाधिकारीको लागि २४ जनाको उम्मेदवारी दर्ता (सूचि हेर्नुहोस)

दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारीको लागि २४ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जनाको उम्मेदवारी परेको छ । ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अनुसार अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बमको उम्मेदवारी छ ।

उपसचिव (महिला) तर्फ भागरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराजको उम्मेदवारी छ । उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?