इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे

दार्चुला । इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट हमासको आक्रमणमा घाइते भएका धनबहादुर चौधरी सहित २ सय ५४ जना नेपाली स्वदेश फर्केका हुन् ।
आफ्ना नागरिकको उद्धारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

नेपालीहरुलाई नेपाल लिएर काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका अन्य नेपालीको उद्धारका लागि पनि आवश्यकता अनुसार जहाज पठाइने बताउनुभयो ।

हालसम्म इजरायलमा रहेका ५ सय ५७ जना नेपालीले नेपाल फर्कनका लागि अनलाइन प्रणाली मार्फत इजरायलस्थित नेपाली दुताबासलाइ आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५ सय ३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा शुक्रबार २ सय ५४ जना स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?