दार्चुला । सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफैँ गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडाका ६ वर्षीय बालक दिक्सन चन्दको मृत्यु भएको हो ।
शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाउँ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बरको ट्याक्टर एक्कासी आफैँ गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया