दार्चुला । दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ बाच्पालीकी ५० वर्षीया जयमती महरको आइतबार भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
हिजो आइतबार दिउँसो घाँस काट्ने क्रममा रातापोड भन्ने स्थानमा भिर माथिबाट खसेको ढुंगा टाउकोमा लागेर जयमती गम्भीर घाइते भएकी थिइन् ।
घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा हिजो साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया