बाँकेमा बस पल्टिँदा एक विद्यार्थीको मृत्यु

दार्चुला । बाँकेमा विद्यालयको बस पल्टिँदा एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ विद्यायलबाट घर पुर्‍याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट बस पल्टिँदा विद्यार्थी नेपालीको मृत्यु भएको हो। उक्त बसमा करिब ४० विद्यार्थी सवार थिए।

तीमध्ये ३० सामान्य घाइते भएका छन्। घाइते भएकालाई स्थानीय अस्पतालतमा उपचार गराई घर फर्काइएको छ भने एक गम्भीर घाइतेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?