इजरायल घटनामा शास गएको १४ दिन बित्यो, लाशको पर्खाइमा बिष्ट र धामी परिवार

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ टकनाका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथका लोकेन्द्र सिंह धामीको इजरायलमा मृत्यु भएको १४ दिन वितिसकेको छ । मृत्यु भएको १४ दिन बित्दा समेत अझै शव नेपाल आइपुगेको छैन् । शोकाकुल पीडित परिवार १४ दिनदेखि शवको पर्खाइमा रहेका छन् ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएकै दिनदेखि गणना गर्दा पनि तेह्रौ दिनको पुण्यतिथिको कार्य गरिसक्ने बेला भइसक्यौँ, पोष्टमाटम गरेर नेपाली दुतावासलाई शव बुझाएको खबर पाएकै पनि हप्ता दिन बित्यो तर शव कहिले नेपाल आउछ र आफन्तले कहिले पाउछन कुनै ठेगान छैन् ।

कसैले छोरा, कसैले श्रीमान, कसैले दाजुभाई, कसैले नाती गुमेको खबर दुई हप्ता पहिले सुने । कलिलै उमेरमा शन्तान, श्रीमान वा आफन्त गुमेको खबर सुनेदेखि पीडित परिवारका सदस्यहरुलाई न त दिनमा भोक, न रातमा निन्द्रा लाग्न सकेको छ ।

घरमा सान्त्वना दिन आउने आफन्त तथा इष्टमित्रलाई पीडित परिवारका सदस्यहरुको प्रश्न शव अर्थात लास कहिले आउछ भन्ने हुन्छ तर आधिकारीक जवाफ कसैसंगै छैन् । शास त गयो गयो तर लास समेत समयमै नआउदा पीडित परिवारलाई पीडामाथि झन पीडा बल्झिरहेको छ । कमाएर सुख दिने बेला छोरा गुमाउनु पर्दाका पीडा शब्दमा व्यक्त गर्न नसक्ने अवस्थामा रहेको परिवार दिन रात आँशु बगाएर दैनीकि काटिरहेका छन् । अकल्पनिय मृत्युको खबरले विक्षिप्त बनेका परिवारजनले शव छिटो ल्याइदिन सरकार र सरोकारवाला निकायसंग आग्रह गरिरहेका छन् ।

गत असोज २० गते शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । दसैँको मुखमा गाउँबाहिर गएका छिमेकीका छोराहरू घर फर्किंदै गर्दा मृतकका परिवारमा शोक छाएको छ । दिपेशको बुबाको दुई दशक पहिले मृत्यु भएको थियो । लोकेन्द्रको परिवारमा कलिलै उमेरकी श्रीमती र अबोध दुई छोराछोरी छन् । मृत्युको खबरले पीडित परिवार भावविहल बनिरहदा शव आउन भएको ढिलाइले काजक्रिया समेत गर्न पाएका छैनन् ।

स्थानीय छिमेकीले पनि शव समयमा नै आइदिएको भए केही सहज हुने बताएका छन् । दशैँ दशा बनेर आएको पीडित परिवारमा शास गएको दुई हप्ता बित्दा पनि लाश आइनपुग्दा परिवारसंगै गाउँ शोकमग्न छ । सरकारले शव छिटो ल्याउन सार्थक पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?