दार्चुला । दार्चुलामा दशैँ तिहार लगायत चाडपर्वको बेला विभिन्न गाउँठाउँका मन्दिरहरुमा रमाईलोको लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पुजाआजा सकिएपछि हिङलो खेलेर रमाईलो गर्नको लागि युवायुवतिहरुको घुइँचो लाग्ने गरेको थियो । तर पछिल्लो समयमा हिङलो अर्थात पिङको संख्या र प्रयोग घट्दै गएको छ ।
केही मन्दिरमा हिङलो लोप भइसकेको छ, मालिकार्जुनका स्थानीय बिरसिंह धामीले भन्नुभयो, हिङलो भएका मन्दिरमा समेत जिर्ण अवस्थामा रहेकोले दुर्घटनाको जोखिम छ । अधिकासं मन्दिरमा हालिएका हिङलो संरक्षणको अभाबमा काठ कुहिएर जिर्ण अबस्थामा रहेको स्थानीयहरु बताउछन् । युवा पुस्तामा हिङलो खेल्ने उत्साहमा कमी र महत्त समेत थाहा नहुदा प्रयोग घट्दै गएको मालिकार्जुनका कृष्ण पालले बताउनुभयो । पछिल्लो पुस्तामा नयाँ हिङलो बनाउने सीप समेत कम देखिन्छ ।
दार्चुलाको हुनैनाथ मन्दिर औतालेकमा रहेको काठको हिङलो (पिङ) पनि केहि महिना अगाडी जिर्ण भएर ढलेको थियो । उक्त हिङलो पुर्ननिर्माणको लागी गाउँपालीकाको टोली आएर मन्दिरमा छलफल गर्दा पहिलेबाट उकुका पाल परिवार, बाकुका चन्द तथा लिमाका परिवारहरुले मन्दिरमा हिङलो पिङ चढाएर सो परम्पराको उजागर गरेकोले केही दिनमा उनिहरुले नै मन्दिरमा हिङलो पिङ चढाउने निर्णय गरिएको हुनैनाथ मन्दिरका धामी उद्धब सिहँ धामीले बताउनुभयो । नाँपजाँच गरेर काठ बनाउन सुरु गरीएको र केहि दिनभित्रै मन्दिरमा हिङलो राखिने उहाँको भनाई छ ।
यस्तै लेकमको भगबती मन्दिर कुणी, मालिकार्जुन मन्दिर मैखोली लगायत देवीदेवताका मन्दिरमा रहेको हिङलो पिङ समेत पछिल्लो समय जिर्ण बन्दै गएको बताईएको छ । भगवती मन्दिर कृणीमा रहेको हिङलो पिङ जिर्ण अवस्थामा रहेकाले खेल्न बन्द गरीएको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिबराज जोशीले बताउनुभयो ।
युवापुस्ताले आधुनिकतालाई पछ्याउदा परम्परा हराउदै जान थालेको छ । संस्कृतिको धरोहरहरु लोप भइरहेका छन् । दशैँमा एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यता भएपनि त्यसमा युवाहरुको चाँसो देखिदैन् । अधिकासं सहरबजार देखि गाउँघरमा हालिने लिंगे पिङ समेत पछिल्लो समय हाल्न छोडिएको स्थानीयहरु बताउछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया