दार्चुला । पाल्पाको रानीमहल तानसेन सडकखण्डको बैकुण्ठ भिरमा आइतबार साँझ स्कारपियो जीप दुर्घटना हुँदा दशैंको मुखमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको हो । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा रहेका छन् ।
दुर्घटनामा सख्त घाइते भएका जिप चालक ईश्वरबहादुर लोहनीसमेत त्यही परिवारका सदस्य हुन् ।
दुर्घटनामा ज्यान गुमाउने सबै ६ जना एकै परिवारका परेका छन् । श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका १६ रजहर निवासी मृतक ६५ वर्षका कृष्णबहादुर लोहनी, पार्वती लोहनी श्रीमान, श्रीमती हुन् ।
उनीहरूकी बुहारी र दुई नातीहरूको दुर्घटनामा मृत्यु भएको हो । ईसव लोहनी र सबिस लोहनी नाति हुन् । सबिना धिताल बुहारी हुन् । मृतक चुनु धिताल सबिनाकी आमा हुन् । घाइते चालक कृष्णबहादुरका छोरा हुन् ।
ईश्वर आफैंले जिप चलाएका थिए । चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । उनीहरू दसैंको छेको पारेर पाल्पा रानीमहल घुम्न गएका हुन् । एकै परिवारका ६ सदस्यको मृत्युले अहिले पुरै गाउँ शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया