दार्चुला । रोटेपिङ खेल्ने क्रममा गोरखामा लडेर एक जनाको मृत्यु भएको छ । गोरखापालुङटार नगरपालिका वडा नम्बर ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया