बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडरमा अज्ञात व्यक्तिद्वारा तोडफोड

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर तोडफोड भएको छ । गाउँपालिकाको वडा नं ६ को कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४ क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको हो ।

ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र म्यूजीक सिस्टम समेत गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।

तोडफोड कस्ले र किन गरेको हो पत्ता लागेको छैन् ।

गाउँपालिकाले यस्ता अपराधिक गतिविधिमा संग्लगन व्यक्ति समूहको यथासिघ्र खोजी गरि कानुनी कार्वाहिको दायरामा ल्याउन प्रहरी प्रशासन लाई अनुरोध गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?