ढोग नगरेको भन्दै सल्यानमा कुटपिट गर्दा एक युवकको ज्यान गयो

दार्चुला । सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेका छन् ।

उनलाई कार्तिकको ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मापसे सेवन गरेर कुटपिट गरेका थिए । केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेको र घनश्यामले ढोग गर्न नमान्दा उनीहरूले कुटपिट गरेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका प्रहरी प्रहरी निरीक्षक नवीन थापा मगरले जानकारी दिनुभयो ।

उहाँले भननुभयो,’उनीहरूले मदिरा सेवन गरेर भोग गर्न लगाएका रहिछन् । घनश्यामले नमान्दा झगडा भएछ । त्यसपछि उनीहरुले कुटपिट गरेछन् । घनश्यामको स्वास्थमा समस्या आएपछि उनका आफन्तले धामीझाँक्रीलाई देखाएछन् । तर, घनश्यामले दुईदिन पछि मात्रै आफन्तलाई कार्तिक ४ गते कुटपिट गरेका थिए भनेर जानकारी दिएका थिए ।

त्यसपछि मात्रै दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा उपचारका लागि पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव हुँदैन नेपालगन्ज लैजान भनेका थिए । तर, घनश्यामका आफन्तले नेपालगन्ज नलिएर भारतको नानपारामा लिएको थियो । तर, आज उपचारको क्रममा मृत्यु भएको हो ।,

कुटपिट गर्ने कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?