दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकामा शोक बिदा दिइएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको हिजो निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिइएको हो।
गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ।
यस्तै समन्वयकारी भूमिका र समाज विकास तथा रुपान्तरणका लागि बोहराका सपना पूरा गर्ने समेत शोक बक्तव्यमा उल्लेख गरिएको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्था लगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।
क्षयरोगबाट पीडित पूर्व अध्यक्ष बोहराको उपचारका क्रममा हिजो बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उहाँको आज गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया