दार्चुला । बझाङको एक हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गर्ने एक जना बालकलाई प्रहरीले प्रकाउ गरेको छ । बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर कण्डम चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका परेका हुन् ।

उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोरेको प्रहरीलाई बताएको छ । बोहराले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङका डिएसपी भरत शाहले बताउनुभयो ।

सम्बन्धित समाचार

बझाङमा एक हेल्थपोष्ट तोडफोड गरेर कण्डम चोरी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?