दार्चुला । दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित शिबनगर खेलमैदान नजिक महाकाली नदी किनारमा अन्दाजी ४५ वर्षीय एक जना पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भइ महाकाली नगरपालिकाको बंगाबगरमा बस्दै आएका जयराज टमटाको शव फेला परेको हो । मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेटिएकोले उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया