एमाले दार्चुलाले सबै स्थानीय तहमा पालिका कमिटी बैठक आयोजना गर्दै (मितिसहित)

दार्चुला । नेकपा (एमाले) दार्चुलाले कार्तिकमा दार्चुलाका सबै स्थानीय तहमा पालिका कमिटी बैठक आयोजना गर्ने भएको छ । कार्तिक १३ गते (सोमबार) बाट २४ गतेसम्म पालिका कमिटी बैठकको आयोजना गर्न लागेको एमाले दार्चुलाले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी सदस्य एबं दार्चुला ईन्चार्ज सहदेब बोगटीको आथित्यतामा १३ गतेदेखि २४ गतेसम्म पालिका कमिटीका बैठकहरु आयोजना गर्ने गरी मातहतका कमिटीहरुलाई सूचना जारी गरिएको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्तिक १३ गते ब्याँस गाउँपालिकामा, १४ गते दुँहु गाउँपालिकामा, १५ गते महाकाली नगरपालिकामा, १६ गते मालिकार्जुन गाउँपालिकामा र १७ गते शैल्यशिखर नगरपालिकामा पालिका कमिटी वैठक आयोजना हुनेछ । यस्तै २१ गते लेकम गाउँपालिकामा, २२ गते मार्मा गाउँपालिकामा, २३ गते अपिहिमाल गाउँपालिकामा र २४ गते नौगाड गाउँपालिकामा बैठकको आयोजना हुने उहाँले बताउनुभयो ।

हरेक स्थानीय तहमा बिहान ११ बजेबाट बैठक सुरु हुने भएकोले सहभागिताका लागि सम्पूर्ण पालिका कमिटी पदाधिकारी, सदस्य, वडा कमिटी अध्यक्षहरु, भुगोलका जिल्ला कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुलाई जानकारी पठाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?