दार्चुला। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए ।
महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्नुभएको छ । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गर्नुभएको छ । साथै उहाँले औपचारिक पोशाकमा आउन समेत अनुरोध गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया