डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका एक जनाको मृत्यु

दार्चुला । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाका एकजनाको मृत्यु भएको छ। हिजो मंगलबार दिउँसो भीमदत्त राजमार्ग अन्तरगत आलिताल गाउँपालिका वडा नम्बर १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके०६बीसी २११२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरीछानाका अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको हो।

नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक (सई) समेत रहेका धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशातर्फबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको सुुपप्र०१००१च २९५५ नम्बरको कारमासमेत ठोक्किएको ट्राफिक कार्यालय अत्तिरियाले जनाएको छ।

दुर्घटनामा घाइते भएका धामीलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। त्यहाँ उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

कार चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?