दार्चुला । जिल्ला प्रहरी कार्यालय बाराले उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेका छन् ।
हालसम्म १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेकाको सार्वजनिक गरिरहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो । सार्वजनिक भएका मनोज गुप्ताको प्रेमी रहेकी राधा गुप्तासँग अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या मनोजकै संलग्नता गरिएको काफ्लेले बताउनुभयो ।
पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताउनुभयो। बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरे पछि राधा सरार्फसँग नजिक हुन पुगेकी काफ्लेले बताउनुभयो ।
सरार्फसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाए पछि मनोज गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको थियो।
दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सरार्फ र गुप्ता बिच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताउनुभयो ।
अन्तमा राधा गुप्ताको परिवार र प्रेमी मनोज गुप्ताले बाल एकता बोर्डिङबाट सात महिना अघि नै राधालाई काम छोड्न लगाएको काफ्लेले बताउनुभयो । स्कुलबाट काम छोडे पनि राधा र रुपेश बिचको अनैतिक सम्बन्ध कायमै रहेको देखेर मनोजले आक्रोशमा आएर सर्राफको हत्या गराउन पुगेको काफ्ले बताउनुभयो। गोली हानिएको सोमबार भन्दा दुई महिना पहिला पनि रुपेशले राधालाई लिएर सिमराको एक होटलमा गएको देखेर त्यही मनोजले रुपेशलाई मार्ने प्रयास गरेको काफ्लेले बताउनुभयो। हत्या हुनुबाट बचेर आएपछि पनि रुपेशले नत प्रहरीलाई नै जानकारी गराएको नत राधासँगको अनैतिक सम्बन्ध छोडेको काफ्लेले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया