दार्चुलामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमित ५६ पुगे

दार्चुला । दार्चुलामा बुधबार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोे छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको महाकाली नगरपालिकाका एक जना र ब्याँस गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना पुष्टि भएका सहित भदौ २१ गते एक सय ३४ जनाको स्वाब संकलन गरि परीक्षणको लागी डडेल्धुरा अस्पतालको प्रयोगशाला पठाईएको थियो । डडेल्धुरा प्रयाेगशालामा गरिएकाे परीक्षणमा दार्चुलाका दुई  जनामा काेराेना पुष्टि भएकाे अस्पतालले जनाएकाे छ ।

याे स‌ंगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ५६ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?