झरकडा-पनेबाँज सडकमा परेका घर टहरा हटाउन स्थानीयको आनाकानी, तीन दिने म्याद थप

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको गोकुलेश्वर–बन्तोली–पनेबाँज सडक क्षेत्रको दायाँबायाँ परेका घर, टहरा हटाउन शैल्यशिखर नगरपालिकाले आज पुनः सूचना जारी गर्दै अनुरोध गरेको छ । शैल्यशिखर नगरपालिका अन्तरगत निर्माणाधीन गोकुलेश्वर–बन्तोली–पनेबाँज सडकखण्डको वडा नम्बर ८ झरकडा बगौरा खटिमा बजारदेखि वडा नम्बर ७ को बन्तोली भीरसम्म सडक क्षेत्रको लगत्तै सडक पुनः चौडा गरी काटिने भएकाले मापदण्ड अनुसारको चौडाइ नपुगेको दायाँबायाँ क्षेत्रमा घर टहराहरू १५ दिनभित्र हटाउन यसअघि शैल्यशिखर नगरपालिकाले असोज १८ गते पूर्व सूचना प्रकाशित गरेको भएपनी उक्त सडकखण्डमा पर्ने घरटहरा अझै नहटाएको पाइएकाले फेरी तीन दिने म्याद थप गरीएको हो ।

विहिबार (आज) नगरपालिकाले एक सूचना जारी गर्दै सडकक्षेत्रमा पर्ने घर टहरा तीन दिन भित्र (कार्तिक १९) गतेभित्र हटाईदिन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो। निर्धारीत समयभित्र सडकखण्डमा रहेका घर टहरा नहटाएमा कानून बमोजिम हटाईने समेत नगरपालिकाले जनाएको छ । १८ किलोमिटर लम्बाईको गोकुलेश्वर बन्तोली पनेबाँज सडकमा ७० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।

वाल लगाउने, ग्रेडिङ मिलाउने काम गरेर अधिकांश क्षेत्रमा ग्राभेलको काम समेत भइसकेको निर्माण कम्पनीले जनाएको छ । अधिकांश क्षेत्रमा कालोपत्रे गर्ने तयारी भइरहेकोले सडकको क्षेत्रमा परेका घर टहरा हटाउन अनुरोध गरिएको शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनुभयो । उक्त सडक निर्माण सम्पन्न भइसकेपछि शैल्यशिखरको वडा नम्बर ९ हुदैँ वडा नम्बर ६, ७ र ८ का स्थानीयले सडक सुविधा पाउनेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?