भाइटिकाकी बैनालाई निउतो (रैबार) !

दशै गइगै, दुत्या आइगै, हजारी फुली गै !
खबर छैन मेरी बैना, काममा भुली है !!
घर छैकी घरिना छैकी, रैबार नाइ आयो !
सुकेरी छै मेरी बैना? परदेशी भाइ आयो ?!

यै पाली जस्यालै आए, घर ब्यवस्था गरी !
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी !!
धान बाली मकै बाली, थन्केकी भकारी !
घरपरिवार लालाबाला, कसाछन सुकारी !!

जन गरे खर काट्दा हतार, गरे रहे फाम !
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम !!
हजारीकी फुलभाडी, तेरा माइत्या माल !
बैनाकी बुन्याकी माला, पर्खेछ यै साल !!

दिन बार हेरी आए, माइत्या घर बैना !
मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना !!
भानिजाकी तोते बोली, रिटन्छ आँखामा !
दिन रात गिन्ती गर्दै, भानिजिको मामा !!
बारीकी सुन्तला दानी, असिनाले खायो !
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो !!

यइ महिना पच्चिस पैट, बाटाे हेरिरौला !
जनमाणे चिन्ता बैना, आदिबाटाे आउला !!
फेसबुकका गित मार्फत, रैबार पठाया !
मेरि बैना जल्ती आए, यतिकै अटाया !!

लेखक: विष्णु जोशी “अँठाेला”
शैल्यशिखर नगरपालिका-७ दार्चुला । हाल शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?