दार्चुला । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ। शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गरा
एका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले जानकारी दिनुभयो।
थापाका अनुसार उनीहरुबीच व्यक्तिगत रिसइबीका झगडा भएको थियो। विमानस्थलमै दुई झगडा भएपछि पनि एक जनाले भने विमान लिएर लुक्ला पुगेको र अर्का एक जना रामेछापमै रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो ।
यस घटनाका बारेमा नागरिक उड्ययन प्राधिकरणले पनि चासोका साथ छानबिन गर्ने जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया