दार्चुला । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार अहिले सम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।
राहत र उद्धारको कार्यलाई पनि तीव्र पारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सबै संयन्त्रलाई परिचालन गर्नु भएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया