विद्यालयमै झुण्डिएको अवस्थामा प्रधानाध्यापक मृत फेला

दार्चुला । सिरहामा विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन् । जिल्लाको गोलबजार नगरपालिका ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयका अनुसार शिक्षक साह विद्यालय सहयोगीसँग माथि चढ्ने गेटको साँचो मागेर रिचार्ज कार्ड लिन पसल पठाएका थिए । सहयोगी आएर धेरैबेर उनलाई कुरेर बसे । तर नभेटेपछि खोज्ने क्रममा माथि पुग्दा शिक्षक साह झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी विद्यालयका प्रधानाध्यापक थिए ‌। अहिले प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?