बिपीन जोशीको खोजी गर्न कुनै कसर बाँकी नराख्ने इजरायलको प्रतिवद्धता

दार्चुला । इजरायलले हमासको आक्रमणमा परी सम्पर्कविहीन बनेका नेपाली विद्यार्थी बिपीन जोशीको खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालसंगको औपचारिक भेटघाटका क्रममा इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बिपीन जोशीको खोजीमा इजरायल सरकार लागि परेको जानकारी दिनुभयो ।

भेटका अवसरमा हमासको आतंकारी हर्कतका कारण युद्धमा जानु परेको उल्लेख गदै राष्ट्रपति हर्जोगले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

साथै उहाँले आगामी दिनमा इजरायललाई सहयोग गर्न नेपाल र नेपालीलाई अपील गरेको राजदुत रिजालले जानकारी दिनुभयो ।

हमासले इजरायलमाथि गत अक्टोबरमा गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु हुँदा कञ्चनपुरका बिपीन जोशी बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?