दार्चुलाको लेकममा एक महिला मृत फेला

दार्चुला । दार्चुलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ बन्डोली बस्ने ८० वर्षीया कुष्मा विष्ट सोही ठाउँस्थित नौलाबाटा भिर भन्ने स्थानबाट करिब २ सय मिटर तल आज मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार सोमबार दिउँसो घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी खटिएको थियो । प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

विष्टको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?