रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

दार्चुला । रेशम चौधरीविरुद्धको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी तथा राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई बाँकी कैद मिनाहा गर्नुभएको थियो ।

क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै प्रहरी निरीक्षक बोहोराकी पत्नी कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?