झापामा घरायसी विवादमा सालोले गरे भिनाजुको हत्या

दार्चुला । झापामा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेका छन्। वुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको हत्या गरेका हुन ।

रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो। विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले प्रहार गरेका थिए। टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

उनको उपचारका क्रममा बिहीबार बिहान १ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यता घटना घटेलगतै इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले रोशनलाई खुकुरीसहित पक्राउ गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?