दार्चुला । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ ।
सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ ।
यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले आजको दिनलाई यमपञ्चक पनि भनिन्छ ।
आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइने गरिन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया