कैलालीका ६७ सहित सुदूरपश्चिमका थप ७० जनामा कोरोना पुष्टि

दार्चुला । कैलालीका ६७ सहित सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयाे। उहाँका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएको छ।

श्रेष्ठका अनुसार नौँ जना महिला र ४१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एकजना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जना र कञ्चनपुरको पुर्नवासका दुई जना संक्रमित थपिएको श्रेष्ठले बताउनुभयाे।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ। ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?