आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदै

दार्चुला । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ ।

गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।

गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोशिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत र गोबर पनि पवित्र मानिन्छ ।

आज गाईलाई पूजा गरी मीठा परिकारहरु खान दिइन्छ । कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने चलन भएपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?