नेपाल-भारत सीमा जोड्ने खलंगा पुल खुल्ने समय आजदेखि एक घण्टा छोट्याइयो

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल–भारत सीमा जोड्ने झोलुङ्गे पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ । आज सोमबारदेखि बिहान ६ बजे खुलेर साझ ६ बजे पुल बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रशासन अनुसार भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा नम्बर ४ खलङ्गामा रहेको झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको हो । आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उहाँले बताउनुभयो । हिँउदको समयमा दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ । ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?