दार्चुलामा नगद ४३ हजार ३ सय रुपैयाँ सहित ७ जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ७ जना पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैको एक घरबाट जुवातास खेलिरहेको अवस्थामा  ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगदसहित तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ३ सय रुपैयाँ र तासको गड्डी ६ थानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सातै जनामाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?