टिकटक प्रतिबन्ध गर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा ५ वटा रिट

दार्चुला । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनको रिट दर्ता प्रक्रियामा रहेको जनाइएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अधिवक्ता त्रिपाठीले टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासनअनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा उल्लेख गरेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेको छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?