दार्चुला । अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अमेरिकी डलर (७ करोड ९८ लाख ८५ हजार २०० रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।
यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया