दार्चुला । लामो समय देखि राजनीति र समाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेकी सुदूरपश्चिम प्रदेश सभाकी सदस्य लक्ष्मी विकलाई सामाजिक सम्मान दिइएको छ। शनिवार अर्थशास्त्री, पूर्व अर्थमन्त्री तथा राजदूत डा.यादव प्रसाद पन्तको ९९ औँ जन्म जयन्तीको अवसरमा उहाँलाई सामाजिक सम्मान गरिएको हो।
डा.यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले उहाँलाई अभिनन्दनसहित सम्मान गरेको हो।
विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेकी विक सामाजिक विभेद, असमानता, छुवाछुत, लैगिक विभेद, अन्यायका विरुद्ध निरन्तर अवाज उठाउने हक्की स्वभाव भएकी व्यक्ति हुन। २०५६ सालदेखि अनेरास्ववियु (छैठौं)को सदस्यता लिएकी विक उक्त संगठनमा विभिन्न पदमा रहदै सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिला समेत हुन।
मसाल निकट जनमोर्चा नेपालमा एक दशक लामो राजनीतिक जीवनमा पार्टी तथा जनवर्गीय संगठनहरूका विभिन्न जिम्मेवारीमा रही २०६६ सालमा पार्टी एकताबाट नेकपा माओवादी केन्द्रबाट राजनीतिमा रहेकी युवा नेतृ विक हाल पार्टीको केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया