दार्चुला । बैतडीमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ५ कुमालीका ४५ वर्षीय नरेश जोशीको घर नजिकैको गुल्याभिटो भिरबाट लडेर मृत्यु भएको हो ।
जोशी कार्तिक ३० गते घरमा कसैलाई जानकारी नदिई हिडेका थिए । उनको खोजी गर्दा आईतबार गुल्याभिटो भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताउनुभयो ।
जोशीको शव जिल्ला अस्पताल बैतडीमा पोष्टमाटमपछि आफन्तलाई बुझाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया