दार्चुला । भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आज आइतवार हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत सन् १९८३ र २०११ को विजेता हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया