दार्चुला । जाजरकोटमा चिसोका कारण एक शिशुको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका वडा नम्बर २ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो।
निमोनिया भएकी उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
चिसोकै कारण जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन भने ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया