बिहिवारबाट सुरु हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

दार्चुला । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलेले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सबै पूरा भएको जनाएको हो ।

बिहिवारबाट सुरु हुने प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?